आत्मदाहको प्रयास गर्ने कृष्णबहादुर क्षेत्री पोखरामा पुस्तक पसल सञ्चालन गर्थे

पोखरा । पोखरामा आइतबार एक युवाले आफ्नै शरीरमा आगो लगाएका छन् । मादी ४ का ४५ वर्षीय कृष्णबहादुर क्षेत्रीले पोखरा १३ काहुँखोलामा शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन् ।

आत्महत्याको प्रयास गरेका क्षेत्रीलाई जोगाउन खोज्दा घरधनी संगीता सापकोटाको शरीरमा समेत आगो लागेको प्रहरीले जनाएको छ ।

जलेर घाइते भएका दुबैजनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । क्षेत्रीले पोखरामा पुस्तक पसल सञ्चालन गर्दै आएका थिए । उनले किन शरीरमा आगो लगाए भन्ने अनुसन्धान भइरहेको छ ।

याे पनि

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *