एसईई परीक्षा : वर्ष पनि प्रदेशको अधिकार खोसियो

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा(एसईई) केन्द्रीय स्तरबाटै लिने भएको छ । बोर्डले गत वर्ष एसईईको परीक्षा तालिका सार्वजनिक गर्दा सो परीक्षा प्रदेशबाटै गर्ने जनाएको थियो । तर, त्यो विषय कार्यान्वयन नभए पनि यो वर्ष पनि प्रदेश सररकारको एसईई परीक्षा गर्ने अधिकार खोसिएको छ ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७९ सालको एसईईको नियमित र ग्रेडवृद्धि परीक्षा केन्द्रबाटै सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको छ ।

कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘प्रदेश कार्यालयहरूमा श्रोतसाधन, जनशक्ति र सुरक्षाको कमी हुने भएकोले केन्द्रबाटै सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरेका हांै ।’ उहाँको अनुसार प्रश्नपत्र बोर्डले छाप्ने र परीक्षा सञ्चालन गरी उत्तरपुस्तिका परीक्षा गर्ने काम प्रदेश कार्यालयको हो । परीक्षा नियन्त्रक श्रेष्ठले भन्नुभयो– ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेश स्तरमा परीक्षा सञ्चालन गर्न आवश्यक बजेट प्रदेशलाई नै दिनेगरी विनियोजन गरिसकेको छ । हामीले त प्रश्नपत्र छपाइ गर्ने अनि प्रदेश कार्यालयमा पु¥याउने मात्रै हो ।’

२०७३ सालमा भएको शिक्षा ऐनको आठौं संशोधनले विद्यालयको संरचनामा परिवर्तन गरे पनि बोर्डले पुरानै ढाँचामा कक्षा १० को परीक्षा सञ्चालन गर्दै आएको छ । ऐनको दफा ४ ‘ट’ को उपदफा १ मा माध्यमिक शिक्षाको कक्षा १० र माध्यमिक तहको अन्त्यमा हुने परीक्षा बोर्डबाट सञ्चालन हुने र उपदफा २ मा कक्षा १० को अन्त्यमा हुने परीक्षा क्षेत्रीय स्तरमा सञ्चालन हुने उल्लेख छ । तैपनि बोर्डले पुरानो शैलीमा केन्द्रबाटै परीक्षा गर्ने तयारी गरेको छ । प्रदेश सरकार परीक्षा गर्न अझै सक्षम नभएको कारण केन्द्रबाटै परीक्षा सञ्चालन हुन लागेको जानकारी दिँदै बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले प्रविधियुक्त जनशक्ति कम भएको कारण यो वर्षको परीक्षा बोर्डबाटै हुने बताउनुभयो । उहाँले बोर्डले परीक्षाफल प्रकाशित गर्ने मात्र जिम्मेवारी लिने तयारी थालेको जानकारी दिँदै भन्नुभयो– ‘प्रश्नपत्र छपाइ गरी प्रदेशमा पठाउनेछांै । बाँकी सबै काम प्रदेश सरकारले गर्नेछ । उत्तरपुस्तिका छपाइ गरी नम्बर इन्ट्री गर्नेसम्मको अधिकार प्रदेश सरकारलाई दिने अन्तिम तयारी भइरहेको छ ।’

बोर्डले यो वर्षको परीक्षाको तालिकाअनुसार परीक्षा चैत १७ गते शुक्रबारबाट शुरू हुनेछ । पहिलो दिन अनिवार्य अंग्रेजी, वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य तथा अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ ।

१९ गते अनिवार्य गणित, २० गते अनिवार्य नेपाली र गैर नेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ अंग्रेजी), २२ गते अनिवार्य विज्ञान, वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत ब्याकरण तथा अनुवाद, २३ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुनेछ । २४ गते संस्कृततर्फ अनिवार्य संस्कृत भाषाको परीक्षा हुनेछ । परीक्षा चैत २९ गते सकिने बोर्डले जनाएको छ । परीक्षा बिहान ८ बजेबाट सञ्चालन हुनेछ ।

परीक्षा नियन्त्रक श्रेष्ठले विद्यार्थीको सहजताको लागि विज्ञान विषयको परीक्षाको अघिल्लो दिनमा समेत बिदा दिने व्यवस्था गरेको जानकारी दिनुभयो ।

कक्षा ९ मा ५ लाख १६ हजार ५ सय ७७ जनाले रजिस्ट्रेसन फारम भएका थिए । तीमध्ये एसईईको परीक्षा आवेदन भर्ने विद्यार्थीको संख्याको आधारमा परीक्षार्थीको टुङगो लाग्ने परीक्षा नियन्त्रक श्रेष्ठको भनाइ छ । उहाँका अनुसार यो वर्ष करिब ५ लाख १५ हजार परीक्षार्थी सहभागी हुने आंकलन गरिएको छ ।

बोर्डले कक्षा १२ को परीक्षामा अनलाइन प्रश्नपत्र तयार गरेको थियो । तर, एसईईको परीक्षा सबै विद्यार्थीलाई प्रश्नपत्र दिएरै हुनेछ । करिब २ ह –नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *