टाइगर कप भलिबलको उपाधि गण्डकीलाई

पोखरा । पोखरामा जारी तेस्रो टाइगर कप अन्तर्गत पुरुषतर्फको उपाधि आयोजक गण्डकीले जितेको छ ।

पोखरा रङ्गशालामा भएको फाइनल खेलमा एपिएफलाई ३-२ सेटले हराएको हो ।

पहिलो सेट १६–२५ ले गुमाएको गण्डकीले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेट २५–१८ र तेस्रो २५–१९ ले गण्डकी जितेको थियो । चौथो सेटमा गण्डकी २६–२८ ले गुमायो ।

पाँचौँ सेट १५–८ ले एपिएफलाई पराजित गर्दै तेस्रो टाइगर कप भलिबल प्रतियोगिताको च्याम्पियन बनेको हो ।

गण्डकीले उपाधिसँगै ५ लाख पाएको छ भने उपविजेता एपिएफले २ लाख ५० हजार पाएको छ । महिला तर्फ भने आर्मीलाई हराएर एपिएफ विजयी भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *