कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले अगाडी बढाउन पर्छ : मोहन वैद्य (भिडिओ)

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन वैद्यले कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले सङ्गठित गर्न जरुरी रहेको बताएका छन् ।

शनिबार काठमाडौँमा इन्द्रमोहन सिग्देलद्वारा लिखित विचार धारात्मक सङ्घर्ष पुस्तकको परिचर्चा कार्यक्रममा महासचिव वैद्यले कम्युनिष्ट आन्दोलन कमजोर हुँदै गएको अवस्थामा यसलाई नयाँ ढंगले सङ्गठित गर्न जरुरी रहेको बताएका हुन् । उनले कठिन संघर्षकाबीचबाट कम्युनिष्ट आन्दोलनलाई कसरी अघि बढाउने भन्नेबारेमा गम्भीरतापूर्वक सोच्नु बेला आएको पनि धारणा राखे ।

वैद्यले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन विभिन्न शक्तिसङ एकताको कुरा भए पनि विप्लव नेकपा भने एकताबाट पछि हटेको जिकिर गरे ।

नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य समेत रहेका सिग्देलद्वारा लिखित पुस्तकमा पछिल्लो अवधिमा लेखिएका तीन दर्जन जति आलेखहरूलाई विचार, राजनीति, अर्थ राजनीति, सङ्गठन, राष्ट्रिय स्वाधीनता, अन्तर्राष्ट्रिय तथा विविध जस्ता भागहरूमा वर्गीकरण गरी समावेश गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *