पूर्वसचिव रामेश्वर खनालले सुरू गरे नयाँ वैवाहिक जीवन

काठमाडौँ । पूर्वसचिव रामेश्वर खनालले दोस्रो वैवाहिक जीवन सुरु गरेका छन् । सरिता शर्मा पोखरेलसँग बिहीबारदेखि खनालले दोस्रो विवाह गरेका हुन् ।

पूर्वसचिव खनालकी पहिलो श्रीमति सचित्रा खनालको क्यान्सरका कारण २१ असोज, २०७६ मा निधन भएको थियो । त्यसयता खनाल एकल जीवन विताइरहेका थिए ।

त्यस्तै झण्डै १९ वर्षदेखि श्रीमानको निधन भएपछि एकल जीवन विताइरहेकी सरिता सरिता शर्माले र खनालले आफन्त र परिवारको प्रस्तावलाई स्वीकार गर्दै विवाह गर्ने निर्णय गरेका हुन् ।

खनाल शर्मा दुवैका एक–एक छोरी छन् । खनाल र शर्माले दुवै तर्फका आफन्तको उस्थितिमा एकअर्कामा माल्यार्पण गर्दै केक काटेर नयाँ वैवाहिक जीवन सुरु गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *