रवि लामिछानेविरुद्धको मुद्दामा फैसलाअघि सर्वोच्च परिसरमा सुरक्षा तैनाथी बढाइयो

काठमाडौँ । उप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादको मुद्दामा अन्तिम सुनुवाई सकिएपछि अहिले सर्वोच्च अदालत परिसरमा सुरक्षा तैनाथी बढाइएको छ ।

उक्त मुद्दामाथिको सुनुवाई सकिएर फैसला सुनाउने तयारी भइरहँदा सुरक्षा तैनाथी बढाइएको हो ।

अहिले जिल्ला प्रहरी परिसर काठमाडौँबाट डीएसपी पवत भट्टराईको नेतृत्वमा थप टोली सर्वोच्चमा पठाइएको छ । प्रहरी वृत्त सिंहदरबारबाट पनि थप टोली पठाइएको प्रहरी पठाइएको छ । सर्वोच्चमै रहेको एसपीको कमाण्डको टोलीलाई सक्रिय बनाइएको छ ।

सुनुवाई सकिएपछि न्यायाधीशहरु फैसलाका लािग आन्तरिक तयारीमा लागेको भए पनि फैसला आजै आउँछ वा मिति तोकिन्छ भन्नेबारे सर्वोच्चले अहिलेसम्म जानकारी दिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *