रोनाल्डोको टिम अल नासर सुपर कपबाट बाहिरियो

काठमाडौँ । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासर साउदी सुपर कपबाट बाहिरिएको छ । राति अल इत्तिहादसँग ३-१ ले पराजित हुँदै अल नासर सुपर कपको सेमिफाइनलबाट बाहिरिएको हो ।

विजयी टोलीका लागि रोमारिन्हो, हम्दाल्लाह र मोहमद अलशान्कितिले गोल गरे । एन्डरसन टालिस्काको गोल निर्णय बदल्न पर्याप्त रहेन ।

इंग्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडसँग सम्झैता भंग भएपछि रोनाल्डो साउदी क्लब अल नासरमा गएका थिए । उनले पीएसजीविरुद्धको खेलबाट क्लबमा डेब्यु गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *