एट्लेटिकोलाई हराउँदै रियल म्याड्रिड सेमिफाइनलमा

काठमाडौँ । रियल म्याड्रिडले अतिरिक्त समयमा छिमेकी एट्लेटिको म्याड्रिडलाई ३-१ ले हराउँर्दै बिहीबार कोपा डेल रेको सेमिफाइनल यात्रा तय गरेको छ ।

एट्लेटिकोले अल्भारो मोराटाको गोलमा अग्रता लिएयता रोडरिगोलले बराबरी गोल गरे । त्यसपछि अतिरिक्त समयमा करिम बेन्जेमा र भिनिसियस जुनियरले एक-एक गोल गरे ।

त्यस अगाडि एथलेटिको बिलबाओले अर्को खेलमा भ्यालेन्सियालाई ३–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको थियो । सेमिफाइनल पुग्ने अन्य दुई टिममा बार्सिलोना र ओसासुना पनि रहेका छन् । अब सेमिफाइनलको ड्र सोमबार निकालिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *