राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा वसन्त श्रवण (तस्बिरहरु)

काठमाडौँ । सरस्वती पूजाको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बसन्तपुरमा वसन्त श्रवण गरेकी छिन् । उनले हनुमानढोका दरबारस्थित नासलचोक पुगेर बिहीवार वसन्त श्रवण गरेकी हुन् ।

वसन्त श्रवणमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अंगका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति थियो ।

राजा प्रताप मल्लको पालादेखि नै राजा माहाराजा सरस्वती पूजाको अवसरमा यो स्थानमा पुगेर वसन्त श्रवण गर्ने परम्परा चलेको छ । सो परम्पराअनुसार राष्ट्रपति सो स्थान पुगेकी हुन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *