बागमतीमा मन्त्रालय भागबन्डा मिल्यो, मन्त्रीहरुको शपथ दिउँसाे २ बजे गराउने तयारी

काठमाडौँ । बागमती प्रदेशमा सत्तामा जाने गठबन्धन दलहरुबीच मन्त्रालयको भागबण्डा टुंगिएको छ । प्रदेशमा एमाले र माओवादीले ४÷४ र राप्रपाले ३ वटा मन्त्रालय पाउने सहमति अनुसार भाडबन्डा टुंगिएको हो ।

एमालेबाट मकवानपुरका एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री हुने भएका छन् । त्यस्तै, काठमाडौँको केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री, ललितपुरका रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री हुने भएका छन् ।

माओवादीबाट सिन्धुलीका गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानून, सिन्धुपाल्चोकका युवराज दुलाल भौतिक पूर्वाधार विकास र मकवानपुरका कुमारी मोक्तान सामाजिक विकास मन्त्री बन्ने भएका छन् ।

एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियो आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन् ।

माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेल प्रदेश मुख्यमन्त्री छन् ।

राप्रपाबाट डम्बरबहादुर तामाङ उद्योग, पर्यटन र सहकारी मन्त्री र राजु बिष्ट वन तथा वातावरण मन्त्री बन्ने भएका छन् ।

राप्रपा संसदीय दलका नेता उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री बन्ने भएका छन् ।

उनले यसअघि विना विभागीय मन्त्रीको रुपमा सपथ लिएका थिए ।

मन्त्रीहरुको शपथ आर्ज दिउँसो २ बजे हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *