बझाङ र बाजुरामा भूकम्पले भत्किएर घर (तस्बिरहरु)

धनगढी । पश्चिम नेपालको बाजुरालाई केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो २ ४४ बजे गएको ५.९ म्याग्नेच्युडको भूकम्पले भौतिक संरचना र घरहरु भत्किएका छन् ।

भूकम्पबाट बाजुरा र बझाङका केही स्थानमा भौतिक क्षति पुर्याएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) सूर्य थापाले बाजुराको बडिमालिका नगरपालिका–७ र ८ मा केही घर भत्किएको जानकारी प्राप्त भएको बताए ।

उनले क्षतिको विस्तृत विवरण प्राप्त भइनसकेको र प्रहरी घटनास्थलफर्त पुगेको बताए । बझाङमा पनि क्षति पुगेको छ । प्रहरीका अनुसार सदरमुकाम चैनपुरस्थित सशस्त्र प्रहरीले प्रयोग गरिरहेको कृषि ज्ञान केन्द्रको भवन भत्किएको छ । यस्तै बजारका केही पुराना घर होटलमा क्षति पुगेको छ ।

तस्बिरहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *