ह्यारी केनको कीर्तिमानी गोलमा टोटनहम विजयी

काठमाडौँ । इङलिस स्ट्राइकर ह्यारी केनले सोमबार टोटनहमका लागि सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी गरेका छन् । उनको यो कीर्तिमानीसँगै निर्णायक गोलको मद्दतले इङलिस प्रिमियर लिगमा टोटनहमले फुलहमलाई १-० गोलान्तरले पराजित गरेको छ ।

केनले पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गरेका थिए । यो टोटनहमका लागि उनले गरेको २ सय ६६औं गोल रह्यो । उनले गोल कीर्तिमानमा दिवंगत भइसकेका जिम्मी ग्रेभ्सको बराबरी गरेका हुन् ।

केन आफै पनि अहिले लयमा छन् र यो सिजन लिगमा १५ गोल गरिसकेका छन् । लिगमा भने उनको गोल संख्या १९९ पुगेको छ । टोटनहम अहिले पाँचौं स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *