पिएसजी ७-०ले विजयी, एमबाप्पे एक्लैले गरे ५ गोल

काठमाडौँ । फ्रान्सेली युवा फरवार्ड किलियन एमबाप्पे एक्लैले ५ गोल गर्दा पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा पेस डे कासलमाथि फराकिलो जित दर्ता गरेको छ । पिएसजीले ७-० को जित दर्ता गरेको हो ।

एमबाप्पे एक्लैले पाँच गोल गर्दा नेयमार र कार्लोस सोलरले १-१ गोल थपे । जितसँगै पिएसजी प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ । यो खेलमा अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीलाई विश्राम दिइएको थियो । अब पिएसजीले क्वाटरफाइनलमा पुग्न मार्सेको सामना गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *