बार्सिलोनाको जितमा पेड्रीको गोल निर्णायक

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले गेटाफेलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले गेटाफेलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा पेड्रीले खेलको ३५औँ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि बार्सिलोनाको १७ खेलमा ४४ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ ।

त्यसैगरी गेटाफेको १८ खेलमा १७ अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *