युभेन्ट्स र एटलान्टाले खेले ३-३ को रोमाञ्चक बराबरी

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत एएस रोमाले स्पेजियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रोमाले स्पेजियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

रोमाको जितमा स्टेफेन शारावी र टामी अब्राहीमले एक एक गोल गरेका थिए । यो जितपछि रोमाको १९ खेलमा ३७ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ । स्पेजियाको १९ खेलमा १८ अंक रहेको छ र लिगमा १५औं स्थानमा रहेको छ ।

गएराती नै सम्पन्न खेलमा युभेन्टस र एटलान्टा ३-३ गोलको बराबरी खेलेका छन् । यो बराबरीपछि युभेन्टसको १९ खेलमा २३ अंक भएको छ । इटाली फुटबल फेडेरेसनको कारवाही पछि १५ अंक घटेको युभेन्टसको अब् यस खेलपछि लिगमा नवौ स्थानमा रहेको छ ।

त्यस्तै एटलान्टाको १९ खेलमा ३५ अंक रहेको छ र लिगमा पाँचौ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *