म्यानचेस्टर युनाइटेडमाथि आर्सनलले निकाल्यो रोमाञ्चक जित

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा एडी एनकेटीले दुई गोल गरेका थिए भने बुकायो साकाले एक गोल गरेका थिए । म्यानचेस्टर युनाइटेडका लागि मार्कश राशफोर्ड र लिसान्द्रो मार्टिनेजले एक एक गोल गरेका थिए ।

यो खेलपछि प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलको १९ खेलमा ५० अंक भएको छ । आर्सनल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा ५ अंकले अगाडी छ । यद्यपी आर्सनल सिटीभन्दा एक खेल कम खेलेको छ । म्यानचेस्टर युनाइटेड को २० खेलमा ३९ अंक भएको र लिगमा चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *