म्यानचेस्टर सिटीको जितमा हालान्डको ह्याट्रिक

काठमाडौं । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले वल्भ्सलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वल्भ्सवोल्भ्सलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालान्डले ह्याट्रिक गरेका थिए । हालान्डले खेलको ४०औं, ५०औं र ५४औं मिनेटमा गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटीको २० खेलमा ४५ अंक भएको हच र शीर्ष स्थानमा रहेको आर्सनलभन्दा ५ अंकले पछाडि रहेको छ । आर्सनल सिटीभन्दा एक खेल कम खेलेको छ । वल्भ्स २० खेलमा १७ अंक भएको छ र लिगमा १७औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *