तामाङको छोरा र छोरीलाई अब छिट्टै मन्त्री बनाउँछु : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तामाङका एक छोरा र एक छोरीलाई मन्त्री बनाउने बताएका छन् । सोनाम ल्होसारको अवसरमा तामाङ समुदायले टुँडिखेलमा आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उक्त कार्यक्रममा बोल्ने अघिल्ला वक्ताले तामाङ समुदायबाट मन्त्री नभएको गुनासो बारम्बार गरेपछि प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

‘वितगमा तपाइँहरुले भनेजस्तै मैले एक पटक हितबहादुर तामाङलाई त मन्त्री बनाएकै हो,’ ड्यासमा रहेका तामाङलाई देखाउँदै उनले भने, ‘अस्ति भर्खरैसम्म कुमारी मोक्तान मन्त्री हुँदै हुनुहन्थ्यो । दावा तामाङलाई बनाएकै हो । नेकपा कालमा शेरबहादुर तामाङलाई पनि मन्त्री बनाएकै हो । अब केही समयभित्रै एक तामाङका छोरा र एक तामाङकी छोरीलाई मन्त्री बनाउँछु । त्यसो हुँदा तामाङ मन्त्री भएनन् भनेर चित्त नदुखाउनुस् । चिन्ता नलिई ल्होसार मनाउनुस् ।’

नेपालका शोषित, पीडित जातीलाई भाषिक, सांस्कृतिक अधिकार दिलाउनका लागि निकै ठूलो लडाइँ र बलिदानी गरेको भन्दै उनले सबैलाई मिलाएर लानु आफ्नो दायित्व समेत भएको उनले बताए ।

भिडिओ

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *