टुँडिखेलमा सोनाम ल्होसारको रौनक (तस्बिरहरू)

काठमाडौँ । नेपाल तामाङ घेदुङ संघले आज काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरी साेनाम ल्हाेसार मनाइरहेकाे छ ।

तामाङकाे मौलिक पहिचान र सभ्यतामा आधारित २८५९ औँ तावार ल्हो अर्थात् (बिरालो वर्ग) वर्ष प्रारम्भकाे अवसरमा विशेष कार्यक्रम गरी साेनाम ल्हाेसार मनाइरहेकाे हाे । प्रधानमन्त्री पुष्पकमल दाहालले आज एक कार्यक्रमका बिच साेनाम ल्हाेसार विशेष समाराेहकाे उद्घाटन गरेका छन् ।

औपचारिक कार्यक्रम सुरु हुनुअघि भृकुटीमण्डपमा भेला भई तामाङ भेसभुसा झल्काउने पहिरन लगाएर तामाङ समुदायका व्यक्तिहरूले टुँडिखेलसम्म र्‍याली निकालेका थिए । कार्यक्रमस्थलमा तामाङ भेसभुसा र संकृति झल्कने पहिरनमा युवायुवतीको उपस्थिति रहेको छ ।

तस्बिरहरू
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *