मधेसका दुई स्वतन्त्र सांसद जसपामा प्रवेश

जनकपुरधाम । मधेस प्रदेशका दुई स्वतन्त्र सांसद जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।

स्वतन्त्र सांसदद्वय सुरिता साह र प्रमोदकुमार जैसवाल जसपामा प्रवेश गरेका हुन् । साह महोत्तरी क्षेत्र नम्बर २ (२) र जैसवाल पर्सा क्षेत्र नम्बर ३ (१)बाट स्वतन्त्रबाट निर्वाचित भएका थिए । उनी दुवै जनालाई जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराएका हुन् ।

योसँगै जसपाको यो प्रदेशमा १८ सांसद पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *