‘सन्तापको धून’ कथासंग्रहमाथि परिचर्चा

विराटनगर । कथाकार डा. अशोक थापाद्वारा लिखित ‘सन्तापको धून’ कथा संग्रहमाथि शनिबार विराटनगरमा परिचर्चा गरिएको छ ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले आयोजना गरेको कार्यक्रममा थापाको कथासंग्रह सन्तापको दुनमाथि परिचर्चा गरिएको हो । कथासंग्रहमाथि साहित्यकार शुभ लक्ष्मी लम्सालले टिप्पणी गरिन् । उनले कथासंग्रह संवेदनाले भरिएको दाबी गरिन् ।

नारी संवेदनादेखि वैदेशिक रोजगारीले पारेको असरका विषयलाई कथासंग्रहले सशक्त रुपमा उठान गरेको उनको भनाइ थियो । त्यस्तै समालोचक महेश पौड्यालले कथाकार थापाको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारे ।

साहित्यकार प्राज्ञ दधिराज सुवेदी, समालोचक भूषण ढुंगेल, साहित्यकार दिङ्लाली कान्छो, कवि एवं पत्रकार मीनकुमार नवोदित लगायतले कथासंग्रहका विषयमा आ–आफ्ना दृष्टिकोण राखे ।

त्रिभुवन विश्वविद्यालयका प्राध्पाकसमेत रहेका थापाको पहिलो कथासंग्रहका रुपमा केही महिना अगाडि मात्र ‘सन्तापको धून’ कथा संग्रह प्रकाशित भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *