पोखरामा आइतबारदेखि टाइगर कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता हुने

पोखरा । पोखरामा भोलिदेखि तेस्रो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला भलिबल प्रतियोगिता हुँदै छ । महिला र पुरुष दुवै क्याटगोरीको प्रतियोगिता हुँदै छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा हुने प्रतियोगिताको तयारी पूरा भएको छ ।

प्रतियोगिताको उद्घाटनमा गण्डकी र नेपाल पुलिस क्वलबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । पहिलो दिन ३ खेल हुने अध्यक्ष नारायण शर्माले जानकारी दिए । उद्घाटन पछि महिला तर्फ पहिलो खेल न्यू डायमण्ड र नेपाल आर्मीबीच हुने छ । पुरुषतर्फ त्रिभुवन आर्मी र शसस्त्र प्रहरीको एपिएफ क्लबका बिच हुनेछ ।

प्रतियोगितामा महीलालतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, शसस्त्र प्रहरीवलको एपिएफ क्लब, र होङवान्जी न्यू डायमण्ड सपोर्ट क्लब सहभागी छन् । पुरुषतर्फ त्रिभुवन आर्मी, सेन्ट जोशेफ वाज स्पोर्टस् क्लब श्रीलङ्का, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीवलको एपिएफ क्लब, गण्डकी प्रदेशको टिमको सहभागिता रहने छ ।

प्रतियोगिताको अन्तिम समयमा महिलातर्फ नेपाल पुलिस र विदेशी टोली भारतको केरेला स्टेट इलेक्ट्रोनिक बोर्ड समेतले सहभागी नहुने सूचना पठाएको छ । महिला–पुरुष दुवैतर्फ उपाधि विजेता टिमलाई ५–५ लाख रुपैयाँ पुरस्कार दिइने छ । उपविजेता टिमले समान नगद २ लाख ५० हजार, तेस्रो हुनेले नगद १ लाख २५ हजार र सान्त्वना हुने टिमले नगद ६५ हजार प्राप्त गर्ने अध्यक्ष शर्माले बताए ।
प्रतियोगितामा हरेक दिनको खेलमा उत्कृष्ट खेलाडीलाई नगद ५ हजार र ३ हजार बराबरको स्वास्थ्य परीक्षण कुपन भौचर प्राप्त गर्ने छन् । त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही समान नगद रु २५–२५ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *