जनमत पार्टीले भन्यो : सरकारमा रहने वा नरहने भोलि टुंगो लाग्छ

काठमाडौँ । जनमत पार्टीका सांसद एवं बिना बिभागीयमन्त्री अब्दुर खानले सरकारमा रहने वा नरहने भोलि टुंगो लाग्ने बताएका छन् ।

शनिवार नयाँ वानेश्वरस्थित संसद् भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भोलिसम्म आफूहरूको माग पुरा गर्ने आश्वासन सत्ता साझेदार दलहरूले दिएको उनले बताए । ‘भोलिसम्म आश्वासन दिनुभएको छ’ उनले भने, ‘भोलि फाइनल निर्णय हुन्छ ।’

थुप्रै विकल्पहरूबारे पन छलफल चलिरहेको उनले बताए । ‘बाँकी मन्त्रालयहरू दिने कुरा पनि छ । भोलिसम्म कुरा मिल्छ भन्ने विश्वास छ । अन्यथा, फिर्ता हुन पनि सकिन्छ ।’

सहमति नभएकै कारण आफूलाई ‘कार्यभार सम्हाल्न मुस्किल परेको’ पनि उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *