बालक हत्याका दुई आरोपिलाई प्रहरीले गर्‍यो सार्वजनिक

रौतहट । रौतहटमा बालक हत्याका दुई आरोपिलाई प्रहरीले सार्वजनिक गरेको छ।

मंसिर २५ गते माधवनारायण नगरपालिका ८ का जयप्रसाद कुशवाहाका ९ वर्षीय छोरा आशनारायण प्रसाद कुशवाहा आफ्नै घरबाट हराएका थिए।

खोजतलास गर्नेक्रममा उनको शव पुस १ गते पौने ५ बजे सोही ठाउँस्थित बागमती खोलामा फेला परेको थियो।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले माधवनारायण नगरपालिका ८ पिपरा रजवाडाका ३३ वर्षीय जयराम महतो कोइरी र ३७ वर्षीय सञ्जय कोइरीलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो।
रौतहटका डिएसपी सुनिल मल्लका अनुसार घटनाका बारेमा उनीहरूबाट थप तथ्य समेत खुलेको छ। पुरानो रिसइवीका कारण बालकको हत्या गरेको बताएका छन्।

मृतक बालकका परिवार र जयराम महत्त्वको परिवारबीच पहिलेदेखि नै झैँ झगडा हुँदै आएको थियो। अंश बण्डागर्दा उनीहरूका बाबु बाजेको पालामा देखिएको विवादका कारण बालकको हत्या गरेको खुलेको छ। जग्गाको साँदको विषयमा पछिल्लो समय पनि उनीहरूको बीचमा झगडा हुँदै आएको थियो।
घटनाको दिन बालकलाई देखिपछि जयराम महतो कोइरीले संजयरामसँग सल्लाह गरेका थिए।

आशनारायणको उनीहरूले सुरुमा मुख थुने। अनि हात खुट्टा समातेर बोकेर नजिकै रहेको छाप्रोमा लगेर हत्या गरेका थिए। गम्छा र कपडाले हातखुट्टा बाँधेर बालकको हत्या गरेपछि उनीहरूले त्यहीँ तिर्पालले छोपेर लाश लुकाएका थिए।

मंसिर २६ गते राति १२ बजेपछि सो खलियानमा दुवै जनाले लाश निकालेर बोरामा राखेर एक किलोमिटर टाढाको खेतमा परालमा लाश लुकाएको खुलेको छ।

त्यसपछि आफूहरूलाई शंका नगरुन् भनेर जयराम महतो मृतकका बुबासँग दिउँसो खोजी गर्न गएका थिए। मंसिर २९ गते ला गन्हाउन थालेपछि दुई जना मिलेर राति १२ बजेपछि बोरा लिएर गएका थिए।
राति जयरामले लाश बोरामा लगेर बागमती नदीको किनारमा फालेका थिए। लाश बोकेको बोरा उनीहरूले बालुवामा गाडेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *