साउदीमा पिएसजीको जित, रोनाल्डोले दुई गोल गरेपनि हार टार्न सकेनन्

काठमाडाैँ । साउदी अरबमा भएको रियाद सिजन टोली र पेरिस सेन्ट जर्मेन (पिएसजी) को मैत्रीपूर्ण खेलमा फ्रान्सेली टोलीले जित हासिल गरेको छ । निकै रोमान्चक खेलमा पिएसजी ५-४ ले विजयी भयो ।

पिएसजीका लागि लिओनेल मेस्सी, किलीयन एमबाप्पे, मार्किन्हस, सर्जियो रामोस र ह्युगो एकिटिकेले १-१ गोल गरे । रियादका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा एन्डरसन तालिस्का र जाङ ह्युन सुले गोल फर्काएपनि नतिजा बदल्न सकेनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *