फेरि विदेशिए दुई खेलाडी, रञ्जन र नितिन हानिए अस्ट्रेलिया

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी रञ्जन विष्ट र नेपालका उदीयमान मिडफिल्डर नितिन थापा आफ्नो भविष्यका सुरक्षित बनाउनका लागि अस्ट्रेलिया प्रस्थान गरेका छन् ।

उनीहरू बुधबार अस्ट्रेलियातर्फ प्रस्थान गरेका हुन् ।  दुवैले अस्ट्रेलियामा रहेको नेपाली एमेच्योर क्लब बेनी एफसीबाट खेल्नेछन् ।

नेपालले  सन् २०१६ को एएफसी सोलिडारिटी कप जित्दा रञ्जन नेपाली राष्ट्रिय फुटबल टोलीमा थिए। यसैगरी नितिनले  मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुतइरीको कार्यकालमा डेब्यु गरेका हुन् । नितिन  १३ औँ सागमा नेपालको  यु-२३ टोलीले स्वर्ण जित्दा महत्त्वपूर्ण सदस्य थिए।

पछिल्लो समय सुरक्षित भविष्य खोज्दै अस्ट्रेलिया पलायन हुने नेपाली खेलाडीको सङ्ख्या बढिरहेको छ । सोमबार मात्र नेपाली राष्ट्रिय टोलीका नियमित सदस्य दिनेश राजवंशी, तेज तामाङ र गौतम श्रेष्ठ अस्ट्रेलिया पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *