हवाई क्षेत्रलाई सुरक्षित बनाउन गम्भीर भएर लाग्नेछु : पर्यटनमन्त्री किराँती (भिडिओ)

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउनका लागि गम्भीर भएर छलफल गर्ने बताएका छन् ।

मंगलबार सिंहदरबारमा पदभार ग्रहण गर्दै किराँतीले हवाई क्षेत्र सुरक्षित गर्न र यसअघि भएका कमीकमजोरीलाई सुधार गर्न छलफल गर्ने बताएका हुन् । उनले एक महिनाको पारिश्रमिक परोपकारको काममा लगाउने निर्णय गर्दै खादा माला नलगाउने निर्णय पनि गरे ।

मन्त्री किराँतीले मन्त्रालयमा भएका विकृतिलाई अन्त्य गर्ने र कुनै भनसुन नचल्ने समेत स्पष्ट पारे । मुलुकको पर्यटन क्षेत्रलाई अघि बढाउनका लागि आवश्यक पूर्वाधारका साथ नीति नियम बनाउनमा ध्यान केन्द्रित गर्ने उनको भनाइ छ ।

किराँती नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *