यती एयरलाइन्समा मृत्यु भएकाहरूको शव काठमाडौँ आइपुग्यो (तस्बिरहरू)

काठमाडौँ। गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्स दुर्घटनामा परेर मृत्यु भएकाहरू मध्ये विदेशी नागरिक, चालक दलका सदस्य, पोखरा बाहेकका क्षेत्रमा घर भएकाहरू तथा पोखरामा सनाखत हुन नसकेकाहरूको शव काठमाडौँ ल्याइएको छ।

मंगलबार नेपाली सेनाको एमआइ १७ हेलिकप्टरले शवहरू ल्याएको हो।

निर्धारित तालिका अनुसार महाराजगन्ज स्थित नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा हेलिकप्टर अवतरण गर्ने भनिएतापनी अवतरणको क्रममा अत्याधिक धुलो उडेको कारण हेलिकप्टर अवतरण हुन नसकी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल मै अवतरण गरेको छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भने फोटो तथा भिडिओ खिच्न सञ्चारकर्मीलाई प्रवेश गर्न दिइएन । अहिले शवहरू त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ।
अबको केहि बेरमा सेनाको स्काईट्रकले पोखरामा बाकी भएको शवहरु ल्याउनेछ।

मृत्यु भएकाहरु मध्य ४८ जनाको शव पोखराबाट काठमाडौं ल्याइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *