जुम्ला दुर्घटना अपडेट : १ को मृत्यु, १४ घाइते

सुर्खेत । जुम्लामा जिप दुर्घटना हुँदा हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ‌पातारासी गाउँपालिका १ माथाचौरकी ४२ वर्षकी छोर्तेन लामाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन्।

सोमबार अपराह्न ४ बजेको समयमा पातरासी गाउँपालिका–६ मा ग १ ज ४०३५ नम्बरको जिप कोटा भिर भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ।जिप ब्याक गर्ने बेला सडकबाट ५० मिटर तल तिला नदीमा खसेर दुर्घटना भएको थियो ।

घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । जीपमा १६ जना सवार रहेका थिए। १४ जना घाइते भएका छन् । एक जनाको मृत्यु भएको छ । चालक फरार रहेको र उनको खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *