केएमसीले सुरु गर्यो ‘कम्बो वाइप्लेन क्याथल्याब’ सेवा (तस्बिरसहित)

काठमाडौँ । सिनामंगलमा अवस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालले नेपालमा पहिलो पटक न्यूरो, कार्डियो र भास्कुलर उपचार सेवाका लागि पछिल्लो संस्करण कम्बो बिप्लेन क्याथ ल्याब सुरु गरेको छ ।

जटिल प्रक्रियाको भास्कुलर र न्यूरो उपचारका लागी अस्पतालले यो नयाँ प्रविधिसहितको ल्याब सञ्चालनमा ल्याएको हो ।

नेपालमा पहिलो पटक मुटुको थ्रीडी इमेजिङ सहितको ‘टाभी, प्याकेज सुविधा भएको मेसिन जडान गरी अस्पतालले सेवा सुरु गरेको हो । जटिल प्रकारका कलेजोमा हुने घाउहरूको, मुटुको भल्भ खोल्न, ‘एभीएम’ र ट्यूमर एम्बोलाइजेशन तथा ‘केमोइम्बोलाइजेशन’ को लागी ‘फोरडी’ इमेजिङ सहित अस्पतालले भास्कुलेटरको प्रयोग गरेको छ ।

डा ओम मुर्ति ‘अनिल’, डा राजेश नेपाल र डा सञ्जय श्रेष्ठको नेतृत्वमा अस्पतालले उक्त सेवा सुरु गरेको हो ।

अहिले भित्र्याएको आधुनिक मेसिनको सहायताले क्याथ ल्याबमा रोगको पहिचान र उपचार दुवै एकै पटक सम्भव हुने समेत अस्पतालले जनाएको छ ।

अस्पतालले आज सोमबारबाट क्याथ ल्याब प्रविधिको उपचार सेवा सुरु गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *