मधेश प्रदेशसभाको आजको बैठक स्थगित

जनकपुरधाम । विमान दुर्घटनामा सरकारले आज शोक बिदा दिएकाले मधेश प्रदेशसभाको बैठक स्थगित गरिएको छ ।

आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिने र सभामुखका लागि प्रस्तावित नामहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची थियो । तर विमान दुर्घटनाको शोकमा आजको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

उनका अनुसार अब बैठक मंगलबार दिउँसो १ बजेका लागि सारिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री यादवले पनि विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *