मधेशका मुख्यमन्त्री यादवद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

जनकपुरधाम । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले दुःख व्यक्त गरेका छन् ।

मुख्यमन्त्री यादवले प्रेस विज्ञप्ति जारी गरेर विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका हुन् । उनले दुःखद दुर्घटनाले अत्यन्त मर्माहत भएको उल्लेख गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

आज बिहान ६८ यात्रु र चालक दलका ४ सदस्य सवार विमान पोखरामा दुर्घटनाग्रस्त भएको थियो । अहिलेसम्म ६९ जनाको शव भेटिएको छ भने उद्धार कार्य जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *