काठमाडौँमा माघीको रौनक (तस्बिरहरू)

काठमाडौँ । नेपालमा बसोबास गर्ने थारु समुदायले मनाउने प्रमुख चाड मध्य माघी एक हो। माघीलाई थारुहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ।

आज राजधानीमा बसोबास गर्दै आएका थारु समुदायले टुँडिखेलमा हर्षोल्लास पूर्वक माघी मनाएका छन् ।  बिहान १० बजे वसन्तपुरमा जम्मा भई थारु परम्परा झल्किने पहिरनमा सजिएर झाँकी सहित र्‍याली टुँडिखेल पुगेको थियो ।

टुँडिखेमा माघीमा खाइने विभिन्न परिकारहरू समेत राखिएको छ । यसै गरी काठमाडौँमा बसोबास गर्ने मगर समुदायले पनि आज टुँडिखेलमा माघी मनाएका छन् । माघे सङ्क्रान्ति पर्व मगर समुदायले विशेष गरी चेली पर्वको रूपमा मनाउँदछन्।

नयाँ यामको सुरुवात र यसै दिनदेखि उभौली सुरु भई साउने सङ्क्रान्ति समापन भई सोही दिनदेखि उँधौली सुरु हुने प्रचलन छ। यस चाडमा चेलीहरूले मुलको पानी र जमरा स्वरूप जौको फूल लिएर घरको धुरी र खाँबोमा पूजा गर्ने गर्दछन् । आज भृकुटीमण्डपमा भेला भई मगर सांस्कृतिक पहिरनमा सजिएर मगर समुदायले टुँडिखेलमा गई माघी मनाएका छन् ।

तस्बिरहरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *