पोखरा विमान दुर्घटना : १६ जनाको शव निकालियो

पोखरा । काठमाडौँबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित ७२ जना लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेको छ ।

दुर्घटनामा परेका यात्रुहरूको उद्धार चल्दै छ । अहिलेसम्म १६ जनाको शव निकालिएको छ । केही यात्रुको उद्धार गरी अस्पताल लैजाने तयारी गरिएको छ । उनीहरूलाई पोखराका विभिन्न अस्पतालमा उपचारका लागि लगिने र अवस्था भने जटिल रहेको प्रहरीले जनाएको छ ।

विमान दुर्घटना स्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन् । पोखरा विमानस्थल नजिकै भएको दुर्घटनास्थलमा आगो लागिरहेको विमानमा विमानस्थल तथा महानगरपालिकाको दमकलले आगो निभाउन प्रयास गरिरहेको छन् ।

  • सम्बन्धित समाचार

यति एयरको जहाज पोखरामा दुर्घटना
६८ जना यात्रु थिए दुर्घटनाग्रस्त यतीको एटीआर-७२ मा, उद्धार जारी (तस्बिरहरू)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *