६८ जना यात्रु थिए दुर्घटनाग्रस्त यतीको एटीआर-७२ मा, उद्धार जारी (तस्बिरहरू)

पोखरा । पोखरामा जहाज दुर्घटना भएको छ । काठमाडौँबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको हो ।

जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । जहाजमा चार जना चालक दलका सदस्य थिए ।  पोखरा ७ र १५ जोड्ने मितेरी पुल नजिक दुर्घटना जहाजका यात्रुको उद्धार जारी छ ।

हेलिकोप्टरमार्फत आगो निभाउने काम भइरहेको छ । दुर्घटनास्थलमा व्यापक मात्रामा सुरक्षा कर्मी खटिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *