प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव– सत्ता र पावरले घमण्डी बनाउन सक्छ, विनम्रतापूर्वक काम गर्नुस् (भिडिओ)

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारमा जाने कुरा तत्काल सम्भव नभएको बताएका छन् ।

पार्टीको रौतहट–काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष नेपालले सरकार गठनको कुनै पनि प्रक्रियामा आफूहरू सहभागी नभएको र अहिले सरकारमा जाने कुरा पनि सम्भव नभएको बताएका हुन् ।

उनले सरकारले अघि सारेका कार्यक्रमलाई हेरेर सर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिएको धारणा राखे । परिस्थितिमा परिवर्तन भएर आफूहरूको आवश्यकता भए सरकारमा जान सकिने तर अहिले नै त्यस्तो कुनै तयारी नभएको भनाई छ।

नेपालले संसद विघटन गरिन्छ की भन्ने आशङ्का जन्मिएको भन्दै संविधानमा नै नभएको कुरालाई गर्ने आट कसैले गर्न नहुने आफ्नो सुझाव रहेको जिकिर गरे । उनले सत्ता र पावरले मान्छेलाई घमण्डी बनाउने भएकाले विनम्रतापूर्वक लाग्न प्रधानमन्त्रीलाई सुझाव समेत दिए । अध्यक्ष नेपालले घनश्याम भुसाल पार्टीमा आएपछि उत्साहित बनेको र अरूलाई पनि आउने वातावरण तयार भएको बताए ।

नेपालले समानुपातिकमा सन्तोषजनक मत नआए पनि प्रत्यक्षतर्फ राम्रो परिणाम आएकाले निर्वाचनको परिणामका कारण हरेस खानुपर्ने अवस्था नरहेको पनि बताए । अध्यक्ष नेपालले पार्टीलाई सशक्त रूपमा अघि बढाउनका लागि जनतामाझ जान कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *