मुक्तिनाथ विकास बैंकको सोह्रौँ वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई १४ प्रतिशत बढी लाभांश प्रदान गरिने

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले पोखरामा आफ्नो सोह्रौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

उक्त साधारण सभाले आ.व. २०७८-०७९ को वार्षिक प्रतिवेदन २०७९-०८० को लागि लेखा परीक्षकको नियुक्ति लगायतका प्रस्तावहरू सहित ०७८-०७९ को मुनाफाबाट सेयरधनीहरुलाई १४.२१०५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । सो लाभांश मध्ये १३.०५ प्रतिशत बोनस सेयर रहने छ भने बाँकी कर प्रयोजनको लागि नगद लाभांश हुनेछ ।

बैंक सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा जानकारी गराएका थिए ।

सोही समारोहमा बैंकका संस्थापक अध्यक्ष खगेन्द्र राज रेग्मीले शुभकामना मन्तव्य राखेका थिए ।

साथै साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट २०७८-०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन उपर सेयर धनीहरूबाट आएका सल्लाह सुझाव र जिज्ञासाहरूको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रस्ट पारेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *