मधेशको सभामुखमा कांग्रेसका जंगीलाल राय र एमालेका रामचन्द्र मण्डलको उम्मेदवारी

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा नेपाली कांग्रेसका जंगीलाल राय र नेकपा एमालेका रामचन्द्र मण्डलले उम्मेदवारी दर्ता गराएका छन् ।

मण्डललाई नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नेकपा माओवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्टिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको छ ।

सत्तारुढ गठबन्धनको भागवण्डामा मधेश प्रदेशको सभामुख नेकपा एमाले र उपसभामुख जनमत पार्टीले लिने सहमति भएको थियो ।

सभामुखमा सत्ता गठबन्धन भन्दा बाहिरबाट नेपाली कांग्रेसका जंगीलाल रायले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन् । रायलाई एकीकृत समाजवादीले समर्थन गरेको छ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई बिश्वासको मत नेपाली कांग्रेसले दिए पछि भने यस प्रदेशमा कांग्रेसको उम्मेदवारी दिएको हो ।

मधेश प्रदेशमा सभामुख चयनका लागि माघ २ गते मतदान हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *