मधेश प्रदेश: आज सभामुख र उपसभामुखको प्रस्ताव दर्ता गराइँदै

जनकपुरधाम । मधेस प्रदेशको सभामुख र उपसभामुख पदको लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । प्रदेशसभामा बिहान ११ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय तोकिएको छ ।

दलहरूले प्रस्ताव गरेको सभामुख र उपसभामुखहरूको नामावली आज नै दिउँसो ३ः३० बजे प्रकाशन हुने प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

उनका अनुसार प्रस्ताव भएको नामहरू माघ २ गते बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत हुनेछन् । प्रस्तावकले प्रस्तुत गर्ने, समर्थकले समर्थन गर्ने र दर्ता भएको प्रस्तावहरू निर्णायार्थ प्रस्तुत गरिनेछ ।

सत्ता साझेदार दलहरुबीच सभामुख नेकपा एमाले र उपसभामुख जनमत पार्टीले पाउने सहमति बनेको छ । उक्त सहमति अनुसार एमालेले सभामुखमा रामचन्द्र मण्डल र उपसभामुखमा बबिता ईसरको उम्मेदवारी दर्ता गराउने बुझिएको छ ।

माघ २ गतेको प्रदेशसभा बैठकमै सभामुख र उपसभामुख चयन हुने तथा मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *