सन्दीप लामिछाने आजै छुट्ने, परिवारले अदालतलाई बुझाए २० लाख धरौटी

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेका दाजुले जिल्ला अदालतमा धरौटी जम्मा गरेका छन् । सन्दीपका दाजु मोहन लामिछाने धरौटीका लागि नगद २० लाख रुपैयाँ लिएर जिल्ला अदालत काठमाडौँ पुगेका हुन् ।

उच्च अदालतले बिहीबार सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । नगद नै जम्मा गर्नु भनेपछि सन्दीपका आफन्तले शुक्रबार नगद जुटाएर अदालत पुगेका हुन् ।

आफन्तले धरौटी जम्मा गरेसँगै सन्दीप आजै छुट्ने छन् । जिल्ला अदालतले केन्द्रीय कारागार सुन्धरामा रिहाइका लागि पत्र पठाउने छ । त्यसपछि सन्दीपलाई तारिख बुझ्न जिल्ला अदालतमा उपस्थित गराएर छाडिने छ ।

जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत काठमाडौँले सन्दीपलाई कात्तिक १८ पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर सन्दीप त्यो आदेश खारेज गर्न माग गर्दै उच्च अदालतमा गएका थिए ।

उच्च अदालतका न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न बिहीबार आदेश दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *