पुस २९ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

वि.सं. पुस २९, २०७९ । ई.सं. १३ जनवरी २०२३ । शक संवत् १९४४ । नेपाल संवत् ११४३ पोहेलाथ्व । नल दक्षिणायन हेमन्त । शुक्रबार माघ कृष्णपक्ष । तिथि-
षष्ठी, १४:०८ बजे उप्रान्त सप्तमी । नक्षत्र- उत्तरफाल्गुनी, १३:१७ बजे उप्रान्त हस्त । योग- शोभन, १०:१३ बजे उप्रान्त अतिगण्ड । करण- वणिज १४:०८ बजेदेखि भद्रा, २६:२५ बजे उप्रान्त कौलव । चन्द्रराशि कन्या । आनन्दादि योग शुभ । दिनमान २६।१३ । सूर्योदय ६:५८ । सूर्यास्त १७:२७ ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्ने छ । सांगीतिक क्षेत्रमा रुचि बढ्ने छ । सामाजिक कार्यमा मन जानेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज गरेका कार्यमा अवरोध र ढिलासुस्ती हुनेछ । आजको यात्रा र आतिथ्य खर्चिलो बन्नेछ । वचन पूरा गर्न नसक्दा आलोचित भइन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज प्रेमीको सहयोग प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा रुचि बढ्ने छ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । कला, साहित्य तथा संगीतमा मन जानेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग पनि छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज नयाँ व्यक्ति सँग भेटघाट हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । बहुमूल्य वस्तु हात पर्नसक्छ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिकैको व्यक्तिले मन दुखाउन सक्ने छ, सचेत रहनुहोला, तर पनि उमङ्ग र उत्साह यथावत रहने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज शुभ समाचार सुन्न पाइएला । बन्धुबान्धवबाट सहयोग मिल्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह पनि रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोकिएका काम दोहोर्‍याएर गर्दा फाइदा हुन सक्नेछ । जीवन साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने छ । शुभ कार्यको चर्चा चल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफन्तबाट अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट र रमाइलो गरिने छ । सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आदर्श व्यक्तिसँग भेटघाट हुनेछ । मनोरञ्जनात्मक कार्यमा सरिक भइनेछ । शुभ र नयाँ कार्यको चर्चा चल्ने छ, तर समान सामान हराउन पनि सक्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) रमणीय र सुखद् यात्राको योग छ । प्रभावकारी बोलीले कार्य सफल हुनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मनमा शान्तिको अनुभूति हुनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ । वैदेशिक कार्य पनि अघि बढ्ने छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *