स्वतन्त्र सांसद कलवार एमालेमा प्रवेश, मधेशमा एमालेको सांसद २४ पुग्यो

जनकपुरधाम । मधेश प्रदेशका स्वतन्त्र सांसद सारदा शंकर कलवार नेकपा एमालेमा प्रवेश गरेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा खादा र टिका लगाएर सांसद कलवारलाई एमालेमा भित्र्याएका हुन् ।

कलवार बारा क्षेत्र न. २ (१)बाट निर्वाचित भ एका छन् । ०७४ मा उनी तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए ।

कलवार प्रवेश गरेसँगै मधेश प्रदेशमा एमालेको सांसद सङ्ख्या २४ पुगेको छ । यो प्रदेशमा एमाले सबभन्दा ठुलो दल छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *