श्रीमती हत्याको आरोपमा एक पक्राउ

विराटनगर । श्रीमतीकाे हत्या आरोपमा झापाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोप लागेका एक जनालाई प्रहरीले झापाको अर्जुनधारा नगरपालिका–९ बाट पक्राउ गरेको हो ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापाको अर्जुनधारा–९ मा डेरा गरी बस्दै आएका अरुण गाउँपालिका–१ भोजपुरका ३५ का विश्वराज घिसिङ पक्राउ परेका हुन् ।

घिसिङले मंगलबार बेलुकी ३६ वर्षीया श्रीमती प्रमिला भुजेलले खाना नपकाएको भन्दै तात्तीले पेटमा हानेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । श्रीमान् विश्वराजको कुटाइबाट प्रमिलाको घटना स्थलमा नै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लात्ती हानी श्रीमतीको हत्या गर्ने श्रीमानलाई इलाका प्रहरी कार्यालय अनारमनी झापाले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *