स्राेत नखुलेको रकमसहित विराटनगरबाट एक जना पक्राउ

विराटनगर । विराटनगरबाट प्रहरीले श्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । मोरङको विराटनगर महानगरपालिका–७बाट श्रोत नखुलेको रकम सहित एक जनालाई पक्राउ गरेको हो ।

विराटनगर महानगरपालिका–७ माछापुच्छ्रे बैङ्क नजिकबाट विराटनगर–१८ का ३६ वर्षीय रवि प्रकाश साहलाई श्रोत नखुलेको रकम सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेका साहको साथबाट प्रहरीले ७ लाख ९ हजार रुपैयाँ, विभिन्न बैंकहरुको एटिएमहरू १४ थान, विभिन्न बैंकको डिपोजिट रकम ६२ लाख ११ हजार २ सय ३५ रुपैयाँको भौचर १० थान बरामद गरेको छ ।

त्यस्तै ६ लाख रुपैयाँको चेक २ थान, चेक बुक ९ थान र को.२४ प ७९८४ नम्बरको मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ । श्रोत नखुलेको रकमसहित पक्राउ परेका साहको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *