नयाँ सरकारले स्वास्थ्य क्षेत्रको भ्रष्टाचार अन्त्य गर्न सक्नुपर्छ : स्वास्थ्य व्यवसायी संघ 

काठमाडौँ । स्वास्थ्य व्यवसायी संघले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन सुधार तथा अव्यवहारिक ऐन नियममा संशोधन गर्ने आवश्यक रहेको बताएको छ ।

बिहीबार बबरमहलमा पत्रकार भेटघाटको आयोजना गर्दै संघले स्वास्थ्यमुखी नीति निर्माण गर्न सरोकारवालाले सुझाव संकलन गरी तत्काल कार्यान्वयन गर्नुपर्ने माग राखेको छ ।

कार्यक्रममा संघका अध्यक्ष नवराज बस्नेतले नयाँ सरकारले स्वास्थ्य क्षेत्रमा देखिएका भ्रष्टाचार अन्त्य गर्नुपर्ने तथा नीतिगत सुधार गर्ने पहल गर्नुपर्ने बताए ।

स्वास्थ्य क्षेत्रमा ४० प्रतिशतसम्म भ्रष्टाचार भइरहेको बताउँदै यसको निराकरणका लागी सरकार चनाखो हुनुपर्ने बताए । उनले भने, ‘ स्वास्थ्य क्षेत्रमा ४० प्रतिशत भ्रष्टाचार भयो भन्ने कुरा बाहिर आएको छ । यसको सुधारमा अब नयाँ सरकार लाग्नुपर्छ । कतिपय मेडिकल पसल तथा व्यवसायीले निःशुल्क औषधी पनि पैसामा बिक्री गरेको सुन्नमा आएको छ । कतै नि शुल्क औषधी यतीकै खेर पनि गइरहेको छ । यसको निराकरण र नियन्त्रणमा सरकार चनाखो हुनुपर्छ । ’

उनले थपे स्वास्थ्य क्षेत्रमा राजनीतिकरण बढी भयो । यो पनि बन्द गर्नुपर्छ ।

यस्ता छन् सरकारसँग स्वास्थ्य व्यवसायी संघका २४ बुधे मागहरू ।
  
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *