को हुन् कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा ?

सुर्खेत । कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भएका छन् । कर्णालीमा कुनै दलको स्पष्ट नहुँदा ४ दलको समर्थनमा माओवादी केन्द्रका नेता शर्माले मुख्यमन्त्रीमा दाबी गरेका थिए । उनलाई नेकपा एमाले, राप्रपा, एकीकृत समाजवादीका २५ सांसदले समर्थन गरेका छन् ।

शर्मालाई माओवादी केन्द्रका १३, एमालेका १०, एकीकृत समाजवादी १, राप्रपाका १ गरी २५ सांसदले हस्ताक्षर गरेका थिए । माओवादी पोलिटब्युरो सदस्य रहेका शर्मा रुकुम पश्चिम प्रदेशसभा ९२० बाट निर्वाचित भएका हुन् । मुख्यमन्त्री शर्मा को हुन् । २०२८ साल भदौ १८ गते चौरजहारी नगरपालिका—१४ स्याक्चा, नुवाकोट ९साबिक नुवाकोट गाविस०मा जन्मेका राजकुमार शर्मा आर्ट ०४१ साल, ०५० साल देखि ग्रामीण वर्गसंघर्षको थालनीकर्ताका रूपमा पूर्णकालीन कार्यकर्ता भएर जनयुद्धमा सामेल भएका थिए ।

राजनीतिक यात्रा २०४१ सालमा स्कुल पढ्दा–पढ्दै अनेरास्ववियूको राजनीतिमा संलग्न भएका शर्माको राजनीतिक पृष्ठभूमि लामो र सङ्घर्षशील छ । सानैदेखि निर्दल र बहुदलको बारेमा चासो राख्थे, शर्मा । ०४१ सालमा शर्माकै घरमा आयोजित विद्यार्थीको क्षेत्रीय सम्मेलनमा सहभागी बनेका उनी त्यसपछि जहानियाँ राजतन्त्रको विरोध, जनयुद्धको तयारीका क्रममा ५०/५१ सालमा रुकुम रोल्पामा सञ्चालित ग्रामीण वर्गसंघर्षको थालनीकर्ता हुँदै जनयुद्धमा पूर्णकालीन कार्यकर्ता भएर राजनीतिमा उदाएका हुन् ।

०४३ सालमा सदरमुकाम मुसिकोट पुगेर विद्यार्थीको इकाई कमिटी सदस्य बनेका उनी ०४६ सालमा मोटो मशालको पार्टी सदस्यता प्राप्त गरे । त्यसपछि उहाँ ०४७ सालदेखि पूर्णकालीन रूपमा राजनीतिमा होमिए । ०४८ सालमै सर्वहारावादी श्रमिक संगठन, पातलो मसालको केही हिस्सा, मोटो मशाल र मसाल गरी नेपाल कम्युनिस्ट पार्टी एकता केन्द्र भयो र खुला मोर्चाका रूपमा बाहिर जनमोर्चाका नाममा वैधानिक राजनीतिक गतिविधि गरिएको थियो ।

त्यो बेलामा शर्माको अगुवाइमा जनसेवा तथा जनपरिचालन मार्फत विकास निर्माण, जनयुद्धको तयारी, जनयुद्धको आवश्यकता बारेमा जनजागरण, स्थानीय जालीफटाहा विरोधी जनसङ्घर्षका थुप्रै कामहरू भएका थिए । ०५० सालमा महतको फूलबारी जङगलमा ४५ दिने सशस्त्र तालिम गरेर जनयुद्धका लागि फौजी आधार तयार गर्नमा शर्माको महत्त्वपूर्ण भूमिका रह्यो । महतको फूलबारी जंगल कुनै समय निकै चर्चित थियो ।

जनयुद्धको आधार तयार गर्न रुकुममा सञ्चालित ग्रामीण वर्गसंघर्षका क्रममा भएका स्थानीय थुप्रै जनसङ्घर्षका कामको नेतृत्व लिँदै जनयुद्ध पूर्व नै पूर्णकालीन राजनीतिमा होमिएका शर्माले ०५२ फागुन १ गते रुकुमको राडी प्रहरी चौकी कब्जा गर्न नेतृत्वदायी भूमिका खेले । ०५३ पुसमा डोल्पाको त्रिवेणी चौकी आक्रमणमा सहभागी शर्माका लागि उक्त लडाई विशेष स्मरणीय रहेको छ । एउटा ए सल्ट टिम ९आक्रमणमा सहभागी मुख्य लडाकु टिम को कमान्ड गरी उक्त लडाइँमा सहभागी शर्माका लागि मुख्य कमान्डर दौलतराम घर्ती विजय घले लाई गुमाउनुपरेका कारण पनि विशेष स्मरणीय रहेको थियो । जनयुद्धको विस्तारका लागि ०५४ सालदेखि साबिक कर्णालीमा सरुवा भएर विभिन्न कमान्डको नेतृत्व गर्दै ।

सो क्रममा उहाँले जुम्ला, कालिकोट, मुगु, डोल्पा, हुम्ला, दैलेख लगाएका जिल्लामा विभिन्न समयमा जिल्ला सेक्रेटरी तथा जिल्ला इन्चार्जका रूपमा नेतृत्वदायी भूमिका खेल्दै कर्णालीमा जनयुद्धको विस्तार तथा आधार इलाका निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे । जहाँ अप्ठ्यारो परिस्थिति सृजना हुन्छ त्यहीको क्षेत्रको लागि खटाइने गरिएका राजकुमार शर्मालाई ०६१ सालमा दैलेखमा खटाइयो, जति बेला दैलेखमा माओवादी विरुद्ध प्रतिकार अभियान चलाइएको थियो । शान्ति प्रक्रिया सम्म दैलेखको नेतृत्व गर्नुभएका शर्मा शान्ति प्रक्रियापछि थारुवान राज्य समितिको दाङ–कञ्चनपुर को प्रमुख भएर काम गरे ।

‘जहाँ टेक्यो त्यही उम्रिनुपर्छ’ भन्ने मान्यता राख्ने शर्माले ०६७ सालपछि नेवा राज्यमा रहेर काम गर्नुभयो भने माओवादीको केन्द्रीय प्रचार विभागमा समेत रहेर काम गरिसकेको अनुभव उनीसङ छ । गणतान्त्रिक मञ्चको केन्द्रीय अध्यक्ष समेत भइसकेका शर्मा ०७४ मा जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख भएर काम गरिसकेका छन् । नेकपा माओवादी केन्द्र रुकुम पश्चिकको इन्चार्जको भूमिका निर्वाह गर्दै शर्मा पोलिटब्युरो सदस्य हुँदै ०७८ मा पार्टीको कर्णाली प्रदेश अध्यक्ष बने । शर्मा अहिले पार्टीको पोलिटब्युरो सदस्य छन् ।

आफूले राजनीतिमा लाग्न प्रेरित गरेका र समकालीन राजनीतिक पृष्ठभूमि भएका थुप्रै सहकर्मीहरूले राज्य संचालनका थुप्रै अवसर प्राप्त गर्दा पनि अहिलेसम्म अवसर र सुविधाका पदधारी नगरेका शर्माले पहिलो पटक संसदीय राजनीतिको यात्रामा प्रवेश गरेका हुन् । राज्यसत्ता परिवर्तनका लागि जनयुद्धका क्रममा सिंगै कर्णालीलाई पैदलै चहारेका शर्माको कर्णालीका दुदराजका जनताका मुहारमा खुसी र सम्पन्नता ल्याउने अठोट रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *