नेपाल इलेक्ट्रिक पावर लाइट्स् अन्तर्राष्ट्रिय प्रदर्शनी ६ माघदेखि

काठमाडौँ । भृकुटीमण्डप प्रदर्शनीस्थलमा ‘नेपाल इलेक्ट्रिक पावर लाइट्स् अन्तर्राष्ट्रिय प्रदर्शनी’ आयोजना हुने भएको छ । मिडिया स्पेस सोलुसन्स (एमएसएस) का साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि (इटिएसआइपिएल) तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालिको संयोजकत्वमा आयोजना हुन लागेको हो ।

नेपालको पहिलो, एकमात्र र सबैभन्दा वृृहत् अन्तर्राष्ट्रिय ऊर्जा र विद्युत्सँग सम्बन्धित प्रदर्शनी भएको आयोजकले जनाएको छ ।

उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १ सयभन्दा बढी कम्पनीहरुको स्टल रहने जनाएको छ । प्रदर्शनीमा वस्तु तथा सेवको प्रदर्शनीका साथै सम्मेलन र साझेदारीको अवसरसमेत प्राप्त हुने जनाइएको छ ।

आपसी साझेदारी गर्ने, सम्बन्ध बढाउने तथा व्यवसायका अवसरहरू निर्माण गर्ने एक महत्वपूर्ण केन्द्रको रुपमा यो प्रदर्शनीलाई व्यवस्थापन गर्न लागिएको आयोजकको भनाइ छ ।

विद्युतीय र ऊर्जासँग सम्बन्धित उक्त प्रदर्शनी ६ माघदेखि ८ माघसम्म चल्ने जनाइएको छ । नेपाल इलेक्ट्रिक पावर लाइट्स् अन्तर्राष्ट्रिय प्रदर्शनीका लागि दर्ता खुला भएको पनि आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *