को हुन् मधेसका मुख्यमन्त्री सरोजकुमार यादव ?

जनकपुरधाम । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी जसपा संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त भएका छन् । २ स्वतन्त्र र सत्ता साझेदार दलको समर्थनमा यादव मुख्यमन्त्री बनेका हुन् ।

बारा क्षेत्र नम्बर १ (२) बाट निर्वाचित उनी २ वर्ष ६ महिनाका लागि मुख्यमन्त्री बनेको बताइएको छ । को हुन् यादव रु यादव मधेस प्रदेशका पहिलो सभामुख हुन् । बारा क्षेत्र नम्बर १ (२) मा ०७४ मा तत्कालीन राजपाबाट निर्वाचित उनी यो पटक जनता समाजवादी पार्टी जसपाबाट निर्वाचित भए ।

सिम्रोनगढ नगरपालिका ३ स्थायी घर भएका उनको जन्म २०२८ साल माघ १० गते भएको हो । उनको राजनीतिक यात्रा लामो छ । तत्कालीन नेपाल सद्भावना पार्टीबाट राजनीति सुरु गरेका उनी ०५४ मा हरिहरपुर गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । बारा निर्वाचन क्षेत्र नम्वर १ बाट संविधान सभा सदस्यमा निर्वाचित उनी २०६६ मा वाणिज्य तथा आपूर्ति राज्यमन्त्री र २०६८ मा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भएका थिए ।

त्यसैगरी २०६९ सालमा तत्कालीन सद्भावना पार्टीको महासचिव र २०७३ सालमा उपाध्यक्ष भएका यादब राजपा नेपालको गठनपछि पनि उपाध्यक्ष नै रहे । ०७४ मा तत्कालिन राजपाबाट प्रदेशसभा साँसद बने । राजपा उपेन्द्र यादव नेतृत्वको पार्टीसँग एकता गरेपछि जसपा बन्यो । त्यतिबेला उनी सभामुख थिए ।

सभामुख स्वतन्त्र हुन्छन् भनेर उनी मौन बसे । न महन्थ ठाकुर न उपेन्द्र यादवलाई रोजे । पछि उनी उपेन्द्र यादवकै पार्टी जसपासँग नजिकिए । र आम निर्वाचनमा जसपाकै टिकटबाट पुनः चुनाव जित्न सफल भएपछि अहिले मुख्यमन्त्री बनेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *