माइतीघरबाट पृथ्वी जयन्तीको विरोधमा उत्रिएका १८ जना पक्राउ

काठमाडौँ । राष्ट्रिय एकता दिवस तथा ३०१ औँ पृथ्वी जयन्तीको विरोध गर्दै माइतीघरमा प्रदर्शनमा उत्रिएका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वैद्य माओवादी निकट संगठन, देशभक्त गणतान्त्रिकता मोर्चा देजमो का प्रवक्ता हरिभक्त कँडेल, मोर्चाका केन्द्रीय सदस्य तथा नेवा मुक्ति मोर्चाका अध्यक्ष पहलमान श्रेष्ठ, महिला संगठनका अध्यक्ष शारदा महत लगायत १८ जना नेता कार्यकर्तालाई विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले पक्राउ गरी प्रहरी वृत्त सिंहदरबारमा राखेको छ ।

पौष २७ गते बिदा दिएर सरकारले राजतन्त्र फर्काउने षड्यन्त्र गर्न खोजेको भन्दै देजमो विरोध प्रदर्शनमा उत्रिएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *