मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोज यादव नियुक्त

काठमाडौँ । २ स्वतन्त्र सहित ६२ जना सांसदको समर्थनमा मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोज यादव नियुक्त भएका छन् ।

जनता समाजवादी पार्टीका प्रदेश संसदीय दलका नेता यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष सरकारको नेतृत्वमा दाबी पेश गरेका थिए ।

दाबी पेश गरेपछि प्रदेश प्रमुख मिश्रले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

सत्ता साझेदार दलहरूले मधेस प्रदेशमा पहिलो चरणको मुख्यमन्त्री जसपालाई दिने सहमति अनुसार यादव मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

मधेस प्रदेशसभामा १०७ सांसद छन् । बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ । सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, जसपा, माओवादी केन्द्र, जनमत पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीको बहुमत छ ।

प्रदेशका निवर्तमान सभामुख समेत रहेका उनी बारा १ ९२० बाट निर्वाचित भएका हुन् । उनलाई आजै शपथग्रहण गराउने तयारी गरेको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *